रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन

रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन

७ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहितको रिहाइको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भयो ।

नयाँबानेश्वरबाट शुरु भएको यो प्रदर्शन माइतीघर पुगेको थियो । प्रदर्शनमा युवाको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रदर्शनकारीले रवि लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीको तस्वीरअंकित फ्लेक्ससँगै विभिन्न नारासहितको पाम्प्लेट बोकेका थिए । 

प्रदर्शनमा प्रहरीले कडा सुरक्षा प्रदान गरेको थियो ।