भिजिट नेपाल २०२०लाई समस्या पार्ने विदेशी कम्पनीहरूको चेतावनी

भिजिट नेपाल २०२०लाई समस्या पार्ने विदेशी कम्पनीहरूको चेतावनी

काठमाडौ ।  विमान सेवा सञ्चालन गर्ने विदेशी कम्पनीहरूले सेवा विस्तार गर्न अस्वीकार गरेपछि सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०लाई असर पर्ने देखिएको छ ।

हवाई इन्धनको मूल्य बढेपछि सेवा विस्तारमा समस्या हुने भन्दै यसमा पुनर्विचार गर्न उनीहरूले आग्रह गरेका छन् ।

टर्किस एयरलाइन्स, एतिहाद एयरवेज, कतार एयरवेज र मलिन्डो एयरका प्रतिनिधिहरूले हवाइ इन्धनको उच्च मूल्यले सेवा सञ्चालन गर्न कठिनाइ हुने बताएका छन् ।

यसका साथै त्रिुभवन विमानस्थलले उच्च अवतरण शुल्कका अतिरिक्त अन्य महशुल लिएपछि समस्या झन थपिएको उनीहरूले जनाएका छन् ।

नेपाल आयल निगमले विदेशी विमानलाई इन्धन महशुल प्रतिकिलोलिटर १०५० अमेरिकी डलर तोकेको छ ।

यो दर भारत, बंगलादेश र श्रीलंकाको भन्दा धेरै बढी रहेको उनीहरूले जनाएका छन् ।

यो समस्या समाधान नभए भिजिट नेपाल २०२०लाई सफल पार्न समस्या हुने देखिएको छ ।

यसैगरी अन्य देशको अवतरण शुल्क ३ हजार अमेरिकी डलरको तुलनामा नेपालमा ६ हजार अमेरिकी डलर रहेको छ ।

सरकारी अधिकारीहरूको अनुसार यसमा पुनर्विचार गर्न छलफल भइरहेको छ ।