प्रदेश २ नामांकरणमा दलहरुबीच टकराबको संकेतः राजपा भन्छ–मधेश, नेकपा भन्छ–जानकी 

प्रदेश २ नामांकरणमा दलहरुबीच टकराबको संकेतः राजपा भन्छ–मधेश, नेकपा भन्छ–जानकी 

जनकपुर, ५ भदौ । प्रदेश २ को नामाकरणका बिषयमा दलहरुबीच टकराब सिर्जना भएको छ ।

प्रदेश २ को प्रदेशसभा सचिवालयमा दलहरुले प्रदेशको नामाकरणको बिषयमा फरक फरक प्रस्ताब दत्र्ता गराउने तयारीसँगै प्रदेशसभा बैठकमा टकराबको संकेत देखिएको हो । प्रदेशको राजधानी जनकपुर राख्नेमा प्रायः सबै दलको एकमत देखिएपनि नामाकरणको बिषयमा दलहरुको आ–आफ्नै अडान कायम छ ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले प्रदेश २ को नाम मधेश राख्ने निर्णय गरेको छ भने नेकपाले प्रदेश २ को नामाकरण जानकी गर्न प्रदेशसभा सचिवालयमा प्रस्ताब दत्र्ता गराएको छ ।

नेकपाको तर्फबाट जानकी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रतुत गर्ने प्रस्ताव सांसद रामकुमार यादवले दर्ता गराएका छन् भने राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएका छन् ।
प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्न पेश गरेको प्रस्तावकम नेकपाले प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला निर्धारण गर्नुपर्ने जनाएको छ । 

यस्तै सत्तारुढ समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर राख्ने निर्णय गरेको छ । समाजवादी पार्टी संसदीय दलको बैठकले गरेको उक्त निर्णय निर्णयार्थ प्रस्तुतका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव पेश गर्न लागेको जनाएको छ ।
त्यस्तै राजपा नेपाल प्रदेश २ को संसदीय दलको बैठकले प्रदेश २ को नाम मधेश राख्ने निर्णय गरिसकेको छ भने राजधानी वियषयमा टुंगो लगाउन बाँकी रहेको एक नेताले बताए । यता काँग्रेसको आधिकारिक निर्णय अझै बाहिर आउन सकेको छैन् । यद्यपी काँग्रेसले पनि निर्धारित समयभित्रै प्रस्ताब दत्र्ताको तयारी गरेको छ ।

प्रदेशको नामाकरण, राजधानीको बिषयमा प्रस्ताब दर्ता गराउन प्रदेसभा सचिवालयले आज साँझ ५ बजेको समय सिमा तोकेको छ । तोकिएको समय सिमाभित्र सबै दलले  दर्ता गराउने गृहकार्यमा जुटेको छ । नेपालको संविधान अनुसार प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेशसभामा कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमत चाहिन्छ ।

तर प्रदेश दुई सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन् । सत्तारुढ समाजवादी पार्टी र राजपासँग सामान्य बहुमत अर्थात ५४ जना मात्र छन् । १०७ सदस्यीय प्रदेशसभामा नेकपासँग ३२ र नेपाली कांग्रेसका १९ सांसद छन् । अब कांग्रेस वा नेकपा मध्ये कुनै एक दलको समर्थन नभएसम्म सत्तारुढ दलले दुई तिहाई पु¥याउन सक्ने स्थिति छैन् । यस्तोमा प्रदेशसभाभित्र कुन दलले कुन रणनीति बनाएर आफ्नो एजेण्डा पारित गराउन सक्छ भन्ने आंकलन गर्न सक्ने अवस्था नरहेको जानकारहरु बताउँछन् ।

यस्तो अवस्थामा प्रदेशसभाभित्र प्रदेशको नामाकरणको बिषयमा दलहरुबीच ठुलै भिडन्तको सम्भावना छ ।