स्वास्थ्य जाँच गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान 

स्वास्थ्य जाँच गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान 

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । यसअघि उनी सिंगापुरमै ९ दिन स्वस्थ्य उपचार गरी गत साउन २७ गते स्वदेश फर्किएका थिए ।

१२ वर्ष अघि दुबै मृगौला फेरेका केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी पुनः सिंगापुर गएका हुन् ।