बाबुरामले स्मरण गरे जयशंकरसँगै जेएनयूमा पढेको क्षण

बाबुरामले स्मरण गरे जयशंकरसँगै जेएनयूमा पढेको क्षण

काठमाडौं, ५ भदौ । पूर्व प्रधानमन्त्री, पूर्व माओवादी नेता, पूर्व नयाँ शक्ति पार्टीका संयोजक तथा हाल संघीय समाजवादीका नेता डा. बाबुराम भट्टराईले भारतीय विदेश मन्त्री डा. सुब्रह्मण्यम् जयशंकरसंग भेटवार्ता गरेका छन् । 

भेटका अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको भट्टराईले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनले त्यस अवसरमा आफु र जयशंकरले जवाहरलाल नेहरु यूनिभर्सिटी (जेएनयू) मा अध्ययन गर्दाको क्षण पनि स्मरण भएको जनाएका छन् ।

उनले आफुहरु दुबै पढेको जेएनयूका पुराना साथीहरुको स्मरण गरिएको पनि उल्लेख गरेका छन् ।