राष्ट्रपति भण्डारी र एस जयशंकरबीच भेटवार्ता, यी हुन् छलफलका विषय

 राष्ट्रपति भण्डारी र एस जयशंकरबीच भेटवार्ता, यी हुन् छलफलका विषय

काठमाण्डौ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा बिहीबार बिहान भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन बुधबार काठमाण्डौ आएका विदेशमन्त्री जयशंकर बिहीबार बिहान पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी राष्ट्रपति भवन पुगेका थिए ।
उनी आजै भारत फर्किने जनाइएको छ ।