सजग रहन भारतलाई पूर्व राष्ट्रपति कारजाईको सल्लाह

सजग रहन भारतलाई पूर्व राष्ट्रपति कारजाईको सल्लाह

काठमाडौ । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले अमेरिकी मध्यस्थताको अफगानी शान्तिवार्ताबाट भारतलाई सजग रहनुपर्ने आवश्यकता औंल्याएका छन् ।

अमेरिकाका विशेषदूत जाल्मी खालिजाद दोहामा तलिबानी नेताहरूसँग अर्को चरणको वार्ता गर्न अघि अफगानी राष्ट्रपति कारजाईले बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री जयशंकरसँग भेट गर्न नयाँ दिल्ली पुगेका कारजाईले यस्तो बताएका हुन् ।

अफगानिस्तानको शान्ति सम्झौतामा पाकिस्तान संलग्न भए अफगानिस्तानका लागि खतरा हुने आंशका जाहेर गर्दै उनले यस्तो बताएका हुन् ।

अमेरिका पाकिस्तानबीचको सम्झौताका कारण अफगानीहरू साह्रै दुख पाएका र अझ फेरि त्यस्तो अवस्था आउन सक्ने देखिएको उनले जनाए ।

 काश्मिरसमेत गरी भारत र पाकिस्तानका समस्याहरू धार्मिक रहेको भनी अमेरिकी राष्ट्रपति डोनाल्डले हालै दिएको अभिव्यक्ति प्रति चिन्ता व्यक्त गर्दै उनले भने“ ट्रम्प विषयलाई अति सामान्यीकरण गरिरहेका छन् ।” 

यस क्षेत्रमा शताब्दियौंदेखि हिन्दु र मुसलमान मिलेर बसिरहेका छन् । हिन्दु र मुसलमानको आधारमा विभाजन गर्न खोज्नु विषयलाई अति सामान्यीकरण गर्नु हुने उनले जनाए ।