श्रीमान बितेको १० वर्षपछि बच्चा जन्मिएपछि...

श्रीमान बितेको १० वर्षपछि बच्चा जन्मिएपछि...

एक महिलाले आफ्नो श्रीमानको मृत्यु भएको १० वर्षपछि बच्चा जन्माएकी छन् ।

बेलायतकी एन्जेलिन लेकी जेम्स नामक महिलाले श्रीमान क्रिसको मृत्यु भएको १० वर्षपछि बच्चा जन्माएकी हुन् । उनका श्रीमानको क्यान्सरका कारण मृत्यु भएको थियो ।

एन्जेलिनले श्रीमानको मृत्यु हुनु पहिले नै शुक्रकिट जम्मा गरेको र त्यसैको सहायतामा गर्भधारण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एन्जेलिनले जम्मा गरेको शुक्रकिटबाट दुई पटक बच्चा जन्माउन सफल भएकी छन् ।

बेलायती सञ्चार माध्यमले श्रीमानको मृत्यु भएको १० वर्षपछि सफलतापूर्वक बच्चा जन्माएको घटनालाई चमत्कार भनेका छन् । एन्जेलिन र क्रिसले सन् २००७ मा विवाह गरेका थिए । क्रिसको सन् २००८ मा २९ वर्षको उमेरमा मृत्यु भएको थियो । आफ्ना श्रीमानले हरेक समयमा आफ्नो वंशजको चिन्ता गर्ने गरेकाले आफूले शुक्रकिट जम्मा गरेको एन्जेलिनले बताएकी छन् ।