'मरिहालोस्' भन्नेहरुलाई प्रधानमन्त्रीको चुनौतीः म अझै १५ वर्ष अखडामै हुन्छु, विरोधीहरु अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ

'मरिहालोस्' भन्नेहरुलाई प्रधानमन्त्रीको चुनौतीः म अझै १५ वर्ष अखडामै हुन्छु, विरोधीहरु अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मरिहालोस् भन्नेहरुलाई चुनौती दिँदै आफू अझै १५ वर्ष बाँच्ने बताएका छन् ।

बुधबार संविधान दिवसरराष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु । विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’ ‘अचम्म लाग्छ ! विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तैपनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भन्छन्’ उनले भने, ‘यस्ता प्रवृत्तिसँग केही भन्नु छैन ।’

‘मरिगए हुन्थ्यो भन्ने चाहनेलाई भन्न चाहन्छु, आउँदो चुनाव पनि सामना गर्न तयार भएर बसेहुन्छ । आउँदो चुनाव टफ हुनेछ, अस्तित्व रक्षाको लडाई सुरु गरे हुन्छ ।’

सो क्रममा प्रधानमन्त्री ओलीले विभिन्न कष्टसहित बनाएको संविधानको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो,’ उनले 
आफू बिहीबार उपचारका लागि सिंगापुर जान लागेको र आफूलाई अहिलेनै केही पनि नहुने पनि उले जानकारी गराए ।