द हिन्दू दैनिकका अध्यक्ष भन्छन् – हिन्दु राष्ट्र विचारधाराले सबैका लागि समता र न्यायलाई मान्दैन ”

द हिन्दू दैनिकका अध्यक्ष भन्छन् – हिन्दु राष्ट्र विचारधाराले सबैका लागि समता र न्यायलाई मान्दैन ”

काठमाडौ । भारतबाट प्रकाशित अंग्रेजी दैनिक ‘द हिन्दू’ प्रकाशन प्रतिष्ठानका अध्यक्ष एन रामले हिन्दू राष्ट्र विचारधाराले सबैका लागि समानता, निष्पक्षता र न्यायलाई स्पस्टरूपमा अस्वीकार गरेको बताएका छन् ।

राजनीतिक परिचालन गर्न साम्प्रदायिकतालाई रणनीति बनाउने विगतका चलनले भारतको प्रगतिलाई राक्दै आएको बताउँदै उनले यस्तो जनाएका हुन् ।  

समकालीन भारतले सामना गरिरहेका तीन चुनौती शीर्षकमा आधारित डा. नरेन्द्र दाभोल्कर स्मृति सभालाई सम्बोधन गर्दै  उनले यस्तो बताए ।

महाराष्ट्र अन्धश्रद्धा निर्मूलन समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष रामले भने “ हिन्दू अधिकारको वकलात गर्ने राष्ट्रिय स्वयमसेवक संघका चमत्कारी राजनीतिक प्रचारक नेताले चुनावमा बलियो जनमत पाए यता भारतको धर्म निरपेक्षता, लोकतान्त्रिक तथा बहुलवादी विचारमा चुनौती थपिएको छ ।”

हिन्दुत्व लडाकु संगठनको बलियो समर्थनको आधारमा भारतको सत्ताधारीले यस्तो चुनौती थपि दिएको हो ।

राष्ट्रिय स्वयमसेवक संघका सर्वोच्च नेता जब हिन्दु राष्ट्र र हिन्दुत्व पहिचानको घोषणा गर्छन त्यतिखेर उनले भारतीय नागरिकताको धर्मनिरपेक्षता र संविधानकै अवधारणालाई धक्का दिन थालेको बुझ्नुपर्ने उनले जनाए ।

यो विचारले मुस्लिम विरोधी विषलाई समाजमा छर्किरहेको हुन्छ  भन्दै उनले भने “धर्मनिरपेक्षता पुरानो भइसकेको भन्नु अहिले फेसन जस्तै भएको पाइन्छ ।”