बिबिइएन बलियो पार्ने योजना लिएर जयशंकर आउँदै

बिबिइएन बलियो पार्ने योजना लिएर जयशंकर आउँदै

काठमाडौ  भारतका विदेशमन्त्री एस जयशंकरले बिबिइएन समूहमा नेपालको बलियो प्रतिबद्धता ठोस गर्न नेपालको दुई दिने भ्रमणमा आज आउन लागेका छन् ।

बंगलादेशको तीन दिने भ्रमणका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अक्टोबरको पहिलो साता भारत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो दिएर नेपाल आउन लागेका विदेशमन्त्री जयशंकरले अन्य एजेन्डाहरू मध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य देशहरूको उपसमूह बिबिइएनमा नेपालको भूमिकाको ठोस प्रतिबद्धता प्राप्त गर्ने प्रयास गर्ने सम्बद्ध स्रोतले जनाएको छ ।

सार्ककका सदस्य देश भुटान , बंगलादेश , भारत र नेपाल सहितको बिबिइएनलाई भारतको लुक इस्ट र एक्ट इस्टको नीति अन्तर्गत मोदी सरकारले प्राथमिकतामा राखेको छ ।

सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा यसअघि प्रधानमन्त्रीले बिम्स्टेकलगायतका अन्य उपसमूहले सार्कको बृह्तर हितलाई संगाल्न नसक्ने भनेकाले बिबिइएनमा नेपालको थप प्रतिबद्धता आवश्यक रहेको भारतले निष्कर्ष निकालेकोले जयशंकरको यस विषयमा नेपालका नेतृत्व तहमा प्रयास हुने स्रोतको दाबी छ ।

नेपाल र भारतको सम्बन्धमा समस्या भएको र यसलाई समाधान गर्नुपर्ने विषय विभिन्न विश्लेषकहरूको रही आएको छ ।

भ्रमणका क्रममा जयशंकरले समकक्षी प्रदीप ज्ञावालीसँगको बैठकका अतिरिक्त राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूसँगको भेटघाट हुने अपेक्षा गरिएको छ ।

स्रोतले सरकार गठन गरेयता नेपालको उच्चस्तरीय भ्रमण भारततर्फ गर्न अघि बिबिइएनलाई बलियो पार्ने उद्देश्यले भुटानमा प्रधानमन्त्री मोदी आफै गए र बंगलादेशमा जयशंकरलाई पठाइएको उल्लेख गर्दै यो भ्रमणमा जयशंकरले यसबारे विशेष छलफल गर्ने दाबी गरेको हो ।