प्रतिपक्षी नेताहरूको जम्मु काश्मिर प्रवेशमा मोदी सरकारको रोक आदेश

प्रतिपक्षी नेताहरूको जम्मु काश्मिर प्रवेशमा मोदी सरकारको रोक आदेश

काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले त्यहाँका प्रतिपक्षी नेताहरूलाई जम्मू काश्मिर प्रान्तको प्रवेशमा रोक आदेश जारी गरेको छ ।

त्यहाँका सुरक्षा अधिकारीहरूले भारतका प्रतिपक्षी दलका नेताहरूले जम्मु काश्मिरमा रहेका आफन्त र पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा सरकारको रोक आदेशका कारण प्रवेश गर्न दिएनन् ।

भारतको माथिल्लो सदन राज्यसभामा प्रतिपक्षी दलका नेता गुलाम नवी  आजादलाई जम्मु विमानस्थलबाट फर्काइ दिएका छन् ।

मंगलबार विमानस्थलमा ओर्लेर शहर प्रवेश गर्न खोज्दा कांग्रेस नेता आजादलाई फकाईएको हो । त्यहाँ तैनाथ सुरक्षा अधिकारीहरूले दिल्ली फर्किन बाध्य पारेका थिए । 

भारत सरकारले जम्मु काश्मिर प्रान्तको सबै सञ्चार सम्पर्क विच्छेद गरी  जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार प्रदान गर्ने संविधानको अनुच्छेद ३७० खारिज गरी दिए यता प्रतिपक्षी दलका नेतालाई अहिले समम प्रान्त प्रवेशमा रोक लगाइएको हो ।

तर सरकारी अधिकारीहरूले स्थिति छिट्टै सामान्य हुने दाबी गर्दै आएका छन् ।

यसैगरी तृणमूल कांग्रेस र माक्र्सवादी कम्युनिस्ट पार्टीका नेताहरूलाई पनि जम्मु काश्मिर प्रान्तमा प्रवेश गर्न रोक लगाइएको हो ।

तृणमूलका नेता डेरेक ओ ब्रायन र माकपाको महासचिव सीताराम यचुरीलाई उपत्यकामा प्रवेश गर्न नदिइ श्रीनगर विमानस्थलबाबट फर्काइयो ।

यचुरीसँगै गएका भाकपाका नेता डीराजालाई पनि फर्काइएको थियो ।

मोदी सरकारले जम्मु काश्मिरका स्थानीय नेताहरूलाई हिरासत र नजरबन्दमा लिएर अनुच्छेद ३७० खारेज गर्ने निर्णय गरेको थियो ।