प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, साँझ पाँच बजे बालुवाटारमा बस्ने

 प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, साँझ पाँच बजे बालुवाटारमा बस्ने

काठमाण्डौ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक अव्हान गरेका छन् ।

संक्रमणकालीन न्यायको विषयको टुंगो लगाउन प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आयोग गठनको काम एक हप्तामा टुंगो लगाइसक्ने बताएका थिए । त्यसै अनुसार उनले मंगलबार सर्वदलीय बैठक बोलाएको संयोजक अधिकारीको भनाई छ ।

बैठक बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।