यस कारण प्रभु साहको राजीनामा

यस कारण प्रभु साहको राजीनामा

३ भदौ, रौतहट । प्रदेश २ को अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारणमा नेतृत्वले काममा सहयोग नगरेको बताएका छन् । 

रौतहट जिल्ला कमिटी बनाउँदा आफ्नो पक्षलाई पूर्वाग्रह साँधेको भन्दै वरिस्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका थिए । नेपालको गृहजिल्ला रौतहट हो । 

पार्टी अध्यक्ष प्रचण्डले सबैलाई मिलाएर जान सन्तुलनकारी भूमिका खेल्न प्रभुलाई निर्देशन दिएको रौतहटका एक जिल्ला सदस्यले बताए । आफूले गरेको निर्णयमा पछि नहट्ने बरु राजीनामा दिने भन्दै साहले अडान राख्दै आएका थिए । 

यही मेसोमा महेन्द्र पासवान र नागेन्द्र चौधरीलाई प्रदेश २ को सहइञ्चार्ज बनाएको पनि साहलाई मन परेन र नेतृत्वले आफूलाई पेलेको ठानेर राजीनामा दिएको साह निकट स्रोतले बताएको छ ।