क्षुद्र ग्रहको हमलाबाट जोगिने प्रतिरक्षा प्रणाली पृथ्वीसँग छैन

 क्षुद्र ग्रहको हमलाबाट जोगिने प्रतिरक्षा प्रणाली पृथ्वीसँग छैन

काठमाडौं ।  एपोफिस नामक क्षुद्र ग्रह(एस्ट्रोइड) पृथ्वी तर्फ तीव्रगतिमा आइरहेको अवस्थाप्रति प्रतिक्रिया व्यक्त गर्ने क्रममा स्पेस एक्सका संस्थापक एलन मस्कले यस्ता क्षुद्र ग्रहबाट जोगिने प्रतिरक्षा प्रणाली पृथ्वीसँग नभएको बताएका छन् ।

यो एफोफिस क्षुद्र ग्रह पृथ्वीका लागि खतरा नभएपनि पृथ्वीलाई समाप्त पार्ने ‘प्लानेट किलर’ एस्ट्रोइडबाट जोगिने प्रतिरक्षा प्रणाली पृथ्वीसँग नभएको मस्कको भनाइ छ ।

मस्कको भनाइलाई उनका मित्र जो रोगनले समाचार बनाएर विस्तार गरेका छन् ।

मस्कले यो जानकारी ट्विटरमा दिएका छन् ।

फुटबल खेल मैदान आकारको चार गुना बराबर अन्तरिक्षको चट्टानले पृथ्वीलाई प्रहार गरे यसले १५हजार परमाणु हातहतियारले पु¥याउने क्षति बराबरको हुनेछ ।

सेन्ट पीटर्सबर्ग स्टेट युनिभर्सिटीले यसअघि सन् २०६८मा ३७० मिटर चौडाइ भएको एस्ट्रोइडले पृथ्वीमा ठोक्किन पुग्ने जनाएको थियो ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले मस्कले जाहेर गरेको चिन्ताको समाधान अनुसन्धानकर्ताहरूले सन् २०२९सम्म पत्ता लगाउन सक्ने विश्वास व्यक्त गरेको छ ।

धेरै दशकपछि  १ लाख मध्ये १ एस्ट्रोइडले हानि पु¥याउन सक्ने देखिएको नासाले स्वीकार गरेको छ ।