अमेरिकाद्वारा प्रतिबन्धित क्रुज मिसाइलको परीक्षण

अमेरिकाद्वारा प्रतिबन्धित क्रुज मिसाइलको परीक्षण

काटमाठौ । अमेरिकाले ५सय किलोमिटर भन्दा बढीको क्षेत्रसम्म मार हान्न सक्ने प्रतिबन्धित क्रुज मिसाइलको परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले स्पस्ट पारेको छ ।

अन्तरमाध्यमिक परमाणु हातहतियारको उत्पादन तथा परीक्षणमा प्रतिबन्ध लगाउन अमेरिका र सोभियत संघ बीच भएको आइएनएफ सन्धीमा फेरि आबद्ध नहुने र त्यो सन्धीको म्याद यो महिना समाप्त भएलगतै अमेरिकाले यो क्रुज मिसाइलको परीक्षण गरेको हो ।

क्यालिफोर्नियाको सन निकोलास टापूमा अगस्ट १८मा यो क्रुज मिसाइलको परीक्षण गरिएको र यसको मार हान्ने क्षमता ५सय किलोमिटर रहेको पेन्टागनले जनाएको छ । 

पोल्यान्ड र रोमानियामा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गरिएको छ । यस्ता क्षेप्यास्त्र प्रणाली स्थापना गरिएको कार्यलाई रूसले  विरोध गरी यो आइएनएफको उल्लंघन भएको जनाएको थियो ।

१९८७मा अमेरिका र सोभियत संघसँग भएको आइएनएफ सन्धी अनुसार ५०० देखि ५००० किलोमिटरसम्म मार हान्न सक्ने अन्तर माध्यमिक परमाणु हातहतियारमा प्रतिबन्ध लगाइएको थियो । यो सन्धी पछि शीतयुद्धको तनावलाई घटाउन शुरू गरेको थियो ।

यो वर्षको फेब्रुअरीमा अमेरिकाले यो सन्धीबाट आफू हटने घोषणा गरेको थियो ।

अमेरिकाले यो सन्धीको उल्लंघन रूसले गरेको आरोप लगाउँदै यो घोषणा गरेको थियो ।

यो सन्धी १ अगस्टमा समाप्त भएको थियो ।