रसुवाको केरुङमा भोटेकोशीले पुल बगायो, आधा दर्जन बस्ती जोखिममा

रसुवाको केरुङमा भोटेकोशीले पुल बगायो, आधा दर्जन बस्ती जोखिममा

रसुवा, २ भदौ। जिल्लाको केरुङस्थित भोटेकोशी नदिमा आएको बाढीले पुल बगाएको छ । नेपाल-चीन सीमानाको केरुङको त्रिशूली नदि किनारका बस्ती जोखिमा परेका छन् भने रसुवागढी जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।

रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदिमा गएराति आएको बाढीले रसुवागढी भन्सारकार्यालयबाट रसुवागढी जलविधुत आयोजना तर्फ जाने पुल बगाएको हो । अहिले उक्त बस्ती प्रहरी परिचालन गरी सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । 
बाढीको बहाव बढ्दै गएपछि त्रिशूली नदि किनारका बस्तीहरुमा सुरक्षा निकायले बिशेष सर्तकर्ता अपनाउन सामाजिक सञ्जाल तथा फोनबाट अनुरोध गरेपछि स्थानीयहरु बस्ती छाडेर रातभर जाग्राम बसेको थिए ।

तत्कालै खाल्टे क्याम्पमा पुगेकी उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका कार्यालय नजिकैको क्यान्टिन नजिकै बाढी आउन लागेको देखेपछि नजिकैको खाल्टे क्याम्पमा रहेको बस्ती रातीनै सुरक्षित ठाउँमा पठाएको बताइन् । खाल्टेमा २५९ परिवार भूकम्पका कारण बिस्थापित बस्दै आएका छन् । बेत्रावती, नौबिसे, खाल्टे, पैरेबेशी, मैलुङ्गलगायतका बस्तीमा सर्तक रहन सुरक्षा निकायले अनुरोध गरेपछि रातभर जागै बसेका थिए ।

आयोजना नजिकैको एउटा पुल, रसुवागढी जलविद्युत आयोजनाले निर्माण गरी टिमुरेबासीले प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन गर्ने जलाउने घर (ईन्सिनिनेटर ), दुइवटा ड्याम र रसुवागढी पेनस्टक पाईप २ थान बगाएको रसुवागढी जलविद्युत आयोजना प्रमुख छवि गैरेले बताए ।