३७० खारेजीको निर्णय लागु गराउन काश्मिरका जेलमा क्षमता भन्दा बढी कैदीबन्दी

३७० खारेजीको निर्णय लागु गराउन काश्मिरका जेलमा क्षमता भन्दा बढी कैदीबन्दी

काठमाडौ । जम्मु काश्मिरलाई  विशेष दर्जा दिलाउने संविधानको अनुच्छेद ३७० खारेजीको निर्णय कार्यान्वयन गराउन भारत सरकारले अहिलेसम्म ४ हजार बढीलाई गिरफ्तार गरिएको छ ।

दुई तिहाईको बहुमतबाट संविधानको यो अनुच्छेद  ३७० खारेजी पछि जम्मु काश्मिरमा हुन सक्ने विद्रोहलाई मत्थर पार्न  अगस्ट ५ यता  ४ हजार भन्दा बढीलाई पक्राउ गरिएको सरकारी पदाधिकारीले जनाएको एएफपीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

सार्वजनिक सुरक्षा ऐन अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो ।

यो ऐन अन्तर्गत बिना कुनै अभियोग जो कोहीलाई दुई वर्षसम्म कैदमा राख्न सक्ने प्रावधान रहेको छ ।

काश्मिरका जेलहरूमा क्षमता भन्दा बढी मानिस कोचिएपछि पक्राउ गरिएका अधिकांशलाई काश्मिर बाहिर पु¥याइएको छ ।

यहाँ सार्वजनिक सञ्जाल र टेलिफोन मोबाइल सेवा अवरूद्ध गरी त्यहाँका सम्भावित विद्रोहीहरूलाई पक्राउ गरिएको हो ।