माधव नेपालको तेस्रो वरियता झलनाथ खनाललाई

माधव नेपालको तेस्रो वरियता झलनाथ खनाललाई


काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार साँझ बसेको सचिवालय बैठकले जनवर्गीय संगठनहरुका इञ्चार्ज तथा सह इञ्चार्जको टुंगो लगाएको छ।

सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सह(इञ्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता सचिवालयले जनाएको छ । टुंगो लागेका २२ मध्ये ६ वटा जनवर्गीय संगठनमा भने सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ को प्रस्ताव राखे । सचिवालय बैठकले माधव कुमार नेपालको तेस्रो वरीयता झलनाथ खनाललाई दिएको छ । यो निर्णयपछि नेता नेपालको तेस्रो वरियता खोसिएको छ । नेता नेपालले वरियताक्रम मिलाउनका लागि पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु प्रस्ताव पनि राखे ।

वरियता खोसिएपछि यस विषयमा  पार्टीको विधानमा अनावश्यक रुपमा चलखेलको गरेको भन्दै नेता नेपालले असन्तुष्टि पनि व्यक्त गरे ।