संसदमा प्रधानमन्त्रीको सम्बोधनः प्रतिगामीहरु सडकमा आउने बित्तिक्कै सरकार काम्दैन

संसदमा प्रधानमन्त्रीको सम्बोधनः प्रतिगामीहरु सडकमा आउने बित्तिक्कै सरकार काम्दैन

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचनाका नाममा प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन् । उनले लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन र त्यस्ता तत्वहरुलाई नहौसिन पनि सचेत गराए ।

प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचन पछि प्रधानमन्त्री पदमा बस्न मन नभएको भन्दै निर्वाचनसम्म धैर्यधारण गर्न आग्रह गरे । तर कही प्रतिगामीहरु सडकमा आउने बित्तिक्कै सरकार लगलगन नकाम्ने उनले स्पष्ट पारे । 
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा भएको पनि बताए । उनले केही चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको बताए । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने, ‘पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

प्रधानमन्त्री ओलीले सरकार संघर्ष र बलिदानबाट बनेको हुनाले कसैको आवेग, उत्तेजना र फ्रस्टेशनबाट लोकतन्त्र दमनकारी नुहुने बताए । उनले विकास निर्माण र आर्थिक बृद्धि दर बढेको भन्दै उनले तैपनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताए । सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन सक्ने प्रधानमन्त्री ओलीको धारणा थियो ।

पधानमन्त्री ओलीले भने, ‘यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गरिरहेका छन् । तर यो नयाँ प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यसमा सचेत हुन जरुरी छ, । ’