नेकपाको सचिवालय बैठक सम्पन्नः स्कूल विभागमा ईश्वर पोखरेल, यी हुन् अन्य विभाग प्रमुखहरु...

नेकपाको सचिवालय बैठक सम्पन्नः स्कूल विभागमा ईश्वर पोखरेल, यी हुन् अन्य विभाग प्रमुखहरु...

काठमाडौं, ३१ साउन । लामो समय मिति तोकेर रोकिएको नेकपाको चिवालय बैठकले पार्टीका बिभिन्न विभाग प्रमुखहरुको नाम टुंग्याएको छ । 

शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले  पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार  ३३ मध्ये १९ विभागमा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।

निकै लामो समयदेखि चर्चाको विषय बनेको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन् । पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने पूर्व माओवादी नेता राम कार्की ‘पार्थ’ लाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पार्टीको नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई दिइएको छ । अर्का नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई संगठन विभाग प्रमुखको पद दिइएको छ । पर्यटनमन्त्री योगेश कुमार भट्टराइलाई पर्यटन विभाको जिम्मा दिइएको छ । 
पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले प्रचार विभागको जिम्मा पाएका छन् भने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ ।