भेट्न गएका कार्यकर्तालाई प्रधानमन्त्री ओलीको प्रश्नः म सिकिस्त भएँ भनेर आउनु भएको हो कि ?   

भेट्न गएका कार्यकर्तालाई प्रधानमन्त्री ओलीको प्रश्नः म सिकिस्त भएँ भनेर आउनु भएको हो कि ?   


काठमाडौं, ३१ साउन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफुलाई चिकित्सकले अझै १५–२० बाँच्ने बताएको उल्लेख गरेका छन् । 

आज बिहान ११ बजे झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग कुराकानीको प्रारम्भमै ताजगी मुद्रमा बोल्दै प्रम ओलीले म सिकिस्त भएँ भनेर आउनु भएको हो कि ? भनेर प्रश्न गरे ।

प्रधानमन्त्रीका प्रेस संयोजक डा. कुन्दन अर्यालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हिजो केहीबेर ९९ डिग्री ज्वरो आएको थियो, ठिक भयो । डाक्टर भन्छन् अझै २० वर्ष ठीक रहने छौ, प्रचार अर्के ढंगले भइदिन्छ ।”