नेकपा प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बम प्रहार 

नेकपा प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बम प्रहार 

रुपन्देही, ३१ साउन । सत्तारुढ दल नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बिहीबार राति अज्ञात समूहले बम प्रहार भएको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । 

ढकाल सुत्ने कोठा, बुवाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । घरमा उनकी पत्नी, आमा, बुवा रहेको बेला बम प्रहार भएको हो ।

प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाण्डौको एक अस्पतालमा गत चार दिनदेखि उपचाररत छन् । । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ ।