प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । आजको लागि तय गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ । प्रधानमन्त्री तथा नकेपा अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि शुक्रबारसम्मका बैठक स्थगित गरिएको पार्टी प्रवक्ता तथा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, “प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरुले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्ने सल्लाह भएर भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ । 
आजको बैठकमा यसअघिदेखि छलफल हुन नसकेका कार्यसूचीमाथि छलफल गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री सन्चो नभएपछि बैठक स्थगित गरिएको हो ।