जनयुद्ध, विप्लव समूह हुँदै नेकपामा किरण राईः शरीरभरि बमका छर्रा, मनभरी जनताको मायाँ 

जनयुद्ध, विप्लव समूह हुँदै नेकपामा किरण राईः शरीरभरि बमका छर्रा, मनभरी जनताको मायाँ 

धरान, ३० साउन । धरानका प्रभावशाली नेता तथा पहिलो सविधान सभाका सभासद किरण कुमार राईलाई अन्ततः नेकपाका नेताहरुले पुरानै पर्टीमा फर्काएर ल्याउन सफल भएका छन् । 

हाल देशमा प्रतिवन्धित विप्लवद्वारा नेतृत्व गरिएको नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी व्युरो ईन्चार्जसमेत रहेका राईलाई विगत एक वर्षदेखि सरकारले पटक पटक पक्राउ गरेर मुद्धा लगाउदै आएको थियो । जनयुद्धका वेला पटक पटक धाईते भएर शरिरभरी वमका छर्रा लिएर हिँड्न बाध्य राई गत संसदीय निर्वाचनताका बेलवारीमा मोटरसाईकल दुर्घटनामा परेपछि विप्लप समुह त्याग गरी घरै वस्दै आएका थिए । 

उनी भन्छन्, “तर केही समय आराम गरी सानोतिनो कृषि पेशा गरौँ भन्ने सोचेको थिएँ, नेकपाका नेताहरु प्रचण्ड, बादल, समर लगायतका अग्रज कमरेड, नेता, कार्यकर्ता र साथीहरुले वस्न दिनुभएन । उहाँहरुले राजनीतिक खेलाडीले त्यसै वस्न हुदैन भन्न थाल्नु भयो र म नेकपामा प्रवेश गरेँ ।”

उनले ती दिन सम्झिए, “तर मैले साथीहरुलाई स्पष्ट भनेको छु मलाई केन्द्रीय राजनीति भन्दा स्थानीय विकाशका कामको जिम्मेवारी दिनुहोस् ।” उनी आफनै क्षेत्रमा वसेर केही नमुना काम गर्न चाहन्छन् । स्थानीय निकायलाई सवै कुरावाट वलियो र सम्वृद्ध वनाउनु पर्ने र स्थानीय निकाय वलियो नभए केन्द्र वलियो नहुने उनले राम्रोसँग बुझेका छन् ।

जनयुद्धको वेला जनमुतिm सेनाका व्रिगेडिर भएर विभिन्न स्थानमा कुशलतापुर्वक युद्धको मोर्चा सम्हालेका राई पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र न १ वाट बिजयी भएका थिए । उनले भारी मतले तत्कालिन नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गरेका थिए ।

ईमान्दार, कर्तव्यनिष्ठ  र मिठो बोली व्यवहारका कारण सवै तिरवाट लोकप्रिय छवि बनाएका राईको सत्तारुढ दल नेकपा प्रवेश गरेसँगै आगामि मंसिर ४ गते हुने उपनिर्वाचनमा धरानका नगर प्रमुखको पदमा उम्मेदवारी दिने मनस्थिती बनाएका छन् । 

उनलाई उम्मेदवारको टिकट दिलाउन सके सबै पार्टी र जनताको साझा उम्मेद्धवारको रुपमा विजयी वनाउने आफुहरुको जिम्मा रहेको धरानका अधिकाँश जनताले चिया–चौतारीमा चर्चा गर्न शुरु गरेका छन् ।

उनले सविधानसभाको सदस्य हुँदा पनि धरान क्षेत्र भित्र ४ वटा ठुला ठुला पुल, सडक, हालको एडिवी खानेपानी आयोजना लगायतका थुप्रै योजना ल्याउन सफल भएको स्थानीय जनताले स्मरण गरिरहेका छन् । 

उनलाई धरानको भावी मेयर वनाउने चर्चा सुनेर संघीय समाजवादी पार्टीका नेता तथा धरानका पुर्व नगरप्रमुख ध्यान वहादुर राई पनि उत्साहित छन् । भन्छन, “यदि किरण राई जस्तो ईमान्दार मेयरमा आए राम्रै हुन्थ्यो,  किनभने धरानलाई अव एउटा इमान्दार र ठोस निर्णय गर्न सक्ने साझा नेताको आवश्यकता छ । ”