सुनको भाउमा कीर्तिमान, तोलाको ७१ हजार ५ सय रुपैयाँ !

सुनको भाउमा कीर्तिमान, तोलाको ७१ हजार ५ सय रुपैयाँ !

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।

यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।