सरकारको विरुद्ध कान्तिपुरको सुनियोजित अभियान

सरकारको विरुद्ध कान्तिपुरको सुनियोजित अभियान

शंकर तिमल्सिना

३० साउन, काठमाडौं । नेपालमा सर्वाधिक स्थापित कान्तिपुर मिडियाका सञ्चालक कैलाश सिरोहियाले आफ्ना मिडियाका सम्पादकलाई सरकारको विरुद्ध उभिएका असन्तुष्ट र विद्रोही पक्ष जो सुकै, विप्लव समूहलाई समेत साथ दिने गरी समाचार र सूचना दिन निर्देशन दिएको एक रिपोर्टरले झिल्कोलाई बताए । 

'अघिल्लो दिन आफूले लेखेको समाचार भोलिपल्ट आउँदा अर्कै भएर समेत आउँछ', कान्तिपुर र काठमाडौं पोस्टमा कार्यरत पत्रकारहरुले बेलाबेलामा गुनासो गर्ने गरेका छन् । कान्तिपुर मिडिया केपी ओली सरकारका विरुद्ध समाचार पकाउने र पस्कने गर्ने गरेको सत्तारुढ पार्टीका कार्यकर्ताहरुले बताउने गरेका छन् ।

कान्तिपुर पब्लिकेशनमा भारतीय नागरिकको लगानी भएपछि त यो पत्रिकाले सुनियोजित रुपमा ओली सरकार र यसका हरेक गतिविधिलाई नकारत्मक रुपमा आक्रामक रुपमा प्रस्तुत गर्ने गरेको छ । 

युवा संगठनका एक पदाधिकारीले भने, अब हामी कान्तिपुर पब्लिकेसन्सको सम्पत्ति स्रोतका बारेमा छानविनका लागि राज्य संयन्त्रलाई गुहार्छाैं, विदेशी लगानी ल्याएर राष्टवादी  सरकारका विरुद्ध अभियान चलाउँदा देशको सार्वभौमसत्ता नै गुम्ने खतरा छ ।