प्रदीप गिरि भन्छन, 'नेपाल सिक्किम हुनसक्छ'

प्रदीप गिरि भन्छन, 'नेपाल सिक्किम हुनसक्छ'

साउन ३०, काठमाडौं । भारतीय संस्थापन निकट भनेर छवि बनाएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिले समेत भारतले नेपाललाई सिक्किम बनाउन सक्ने बताएपछि नेपालको राजनीतिक बजारमा तरंग आएको छ । 

उनले नेपालको कूटनीति असाध्य कमजोर बताउँदै नेपाल भुटान या सिक्किम हुनसक्ने बताए । उनले भारतले अहिले चालेको काश्मीरको कदमको समेत विरोध जनाएका छन् । 

राष्टियताको कुरा गर्दै भारतका विरुद्ध सुरुंग युद्ध गर्छु भन्ने नेता प्रधानमन्त्री हुँदा समेत राष्टियताका बारेमा अडान लिन नसकेको बताए । प्रतिपक्षमा हुँदा पनि सरकारमा पुगेर जे जति गर्न सकिन्छ, त्यतिमात्र बोल्नुपर्ने गिरिको भनाइ छ ।  

स्पष्ट बक्ता तथा विश्लेषक नेता प्रदीप गिरिले विद्यमानमा जे शंका र संकेत गरेका छन्, त्यो यथार्थतामा बदलिने सम्भावना छ । भारतको छिमेकी देशप्रतिको गलत दृष्टिकोण र नेपालका सत्तारुढ दलका शीर्ष नेताहरुको सरकारमा पुग्न र टिकिरहन भारतीय शासकहरुसँग झुक्ने प्रवृत्तिले नेपाल कुनै पनि बेलामा अप्ठ्यारोमा पर्ने देखिन्छ ।