अन्ततः अमेरिकी दुतावासले क्रिकेटर सन्दीपलाई बोलाएरै दियो भिसा

अन्ततः अमेरिकी दुतावासले क्रिकेटर सन्दीपलाई बोलाएरै दियो भिसा

काठमाडौं, २८ साउन । 

आफुलाई नेपालस्थित अमेरिकी दुतावासले बिना कारण भिसा नदिएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरेका क्रिकेटर सन्दीप लामिछानेलाई दुतावासले बोलाएरै भिसा दिएको छ । 

सीपीएल खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अन्तवार्ता दिएका थिए । तर उनलाई बिनाकारण दुतावासका भिसा शाखाका कर्मचारीले अस्वीकृत गरेका थिए । त्यसपछि उनले आफ्नो असन्तुष्टि ट्वीटमार्फत पोखेका थिए ।

सन्दीपले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दूतावासलाई मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका थिए । आफूले सन २०१६ देखि विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाई अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका थिए ।

भर्खरै क्यानडामा ग्लोबल टी २० लिग खेलेर फर्किएका सन्दीप अर्को वैदेशिक लिग खेल्न जान लागेका हुन् । सुरुमा अमेरिकी दूतावासले भिसा नदिए पनि पछि रिभ्यूका लागि भन्दै बोलाएर सन्दपीलाई भिसा दिएको हो