नेकपा अध्यक्ष प्रचण्ड सचिवालयको चुनौतीः प्रकाश दाहालको नाममा अरबौँ रुपैँया रहेको खबर पुष्टि गर   

नेकपा अध्यक्ष प्रचण्ड सचिवालयको चुनौतीः प्रकाश दाहालको नाममा अरबौँ रुपैँया रहेको खबर पुष्टि गर   

काठमाण्डौ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निजी सचिवालयले उनका दिवंगत छोरा प्रकाशका नाममा अरबौँ रुपैँया रहेको भन्ने खबर पुष्टि गर्न चुनौती दिएको छ । 

दाहालको नीजि सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न प्रचण्ड केही दिनअघि दुबई गएको भन्ने कुराको भत्र्सना गर्दै खबर पुष्टि गर्न चुनौती दिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न पनि चुनौती दिइएको छ ।’ 

जनक्रान्तिका उपलब्धिविरुद्ध प्रतिगामी तत्वबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयास भैरहेको र अध्यक्ष प्रचण्डको बदनाम गर्न प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने हल्ला फैलाइएको विज्ञप्तिमा उल्लेख छ ।
यीता झुटा प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग माग समेत गरिएको छ ।