सार्वजनिक स्थानमा बक्षस्थल देखाए कुन देशमा कस्तो सजाय ? 

सार्वजनिक स्थानमा बक्षस्थल देखाए कुन देशमा कस्तो सजाय ? 

महिलाले सार्वजनिक स्थानमा या सबैले देख्नेगरि वक्षस्थल देखाएर हिँडेमा त्यसलाई अश्लिलताको संज्ञा दिइन्छ । यसरी हिड्नुलाई कानूनले पनि छुट दिँदैन । तर, सबै ठाउँमा यो कानून लागू हुन्छ भन्ने छैन । स्थान विशेषमा फरक–फरक अभ्यास हुँदै आएको पाइन्छ ।

थाइल्याण्ड लगायत समुन्द्रको तटमा बक्षस्थल देखाउनु कुनै नौलो होइन । तर, त्यही कुरा मुस्लिम देशहरु कतार, साउदीमा देखाउनु भनेको ठूलो अपराध हो । यहाँ केही वक्षस्थल सम्बन्धि कानूनी दण्ड हुने मुलुकका बारेमा चर्चा गरिएको छ । 

रुसः

कानून अनुसार रुसमा महिलाले अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजाय भोग्नुपर्ने कानून छ । यद्यपि यो कानूनलाई ठाउँ विशेष मात्र कडाई गरिएको छ ।

मेक्सिको

त्यहाँको कानून अनुसार जनतालाई आफ्नो घरमा बन्दुक राख्न छुट छ । तर, कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० युरो बराबरको जरिवाना तिर्नुपर्छ ।

ब्राजिल

ब्राजिलमा अंग प्रदर्शनविरुद्ध निकै कडा कानून छ । कसैले सार्वजनिक स्थलमा वक्षस्थल प्रदर्शन गरेमा ३ वर्ष सम्मको जेल सजाय हुन सक्छ । एजेन्सी