राष्ट्रपति सीको भ्रमण सुनिश्चित गर्न भारतीय विदेशमन्त्री जयशंकर चीनमा

राष्ट्रपति सीको भ्रमण सुनिश्चित गर्न भारतीय विदेशमन्त्री जयशंकर चीनमा

काठमाडौ । काश्मिरलाई उपलब्ध गराइएको विशेष अधिकारसम्बन्धी संविधानको अनुच्छेद ३७० खारिज गरेयता बढेको भारत पाकिस्तानबीचको तनावबीच चीन भ्रमणबाट पाकिस्तानी विदेशमन्त्री फर्के लगतै भारतीय विदेशमन्त्री एस जयशंकर चीन पुगेका छन् ।


चिनियाँ राष्ट्रपति सी जिनपिनको अक्टोबारमा भनिएको भारत भ्रमणको तयारी गर्न विदेशमन्त्री जयशंकर चीन भ्रमणमा गएको भनिएको छ ।

गत साल वुहानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति सीसँग गरेको वार्ता अनुरूपको भ्रमणलाई मूर्तरूप दिन र दुई देशबीचको सम्बन्ध विस्तार गर्न यो भ्रमण हुन लागेको हो ।

यसअघि डोकलाम विषयमा  चीन र  भारतबीच बढेको सैन्य तनावलाई कम गराउने भूमिका खेल्ने जयशंकरले समकक्षी  वाङ यीसँग भेटवार्ता गर्ने छन् ।

जयशंकर अघि पाकिस्तानी विदेशमन्त्री  शाह महमूद कÞुरैशी ९ अगस्टका दिन बेइजिङ पुगेका थिए ।

उनले काश्मिर विवादमा चिनियाँ समर्थन प्राप्त गर्न चिनियाँ विदेशमन्त्रीसँग छलफल गरेका थिए ।

त्यसक्रममा चिनियाँ विदेशमन्त्रीेले काश्मिरका विषयमा भारत र पाकिस्तानलाई एकपक्षीयरूपमा कुनै निर्णय लिन आग्रह गरेका थिए ।