ब्रेक्जिट छलफलका लागि जोनसनले आयरल्याण्डका समकक्षी वारदकरसँग भेट्ने

ब्रेक्जिट छलफलका लागि जोनसनले आयरल्याण्डका समकक्षी वारदकरसँग भेट्ने

बेलायती प्रधानमन्त्री बोरिस जोनसन आयरल्याण्डका प्रधानमन्त्री लिओ वरदकारसँग यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका बिषयमा वार्ताका लागि निकट भविष्यमा डबलिन जाने भएका छन् ।
यद्यपि भ्रमणबारे छलफल चलिरहेको र दुबैतर्फबाट भ्रमणका एजेन्डामा गृहकार्य भइरहेको  आयरल्याण्डको अर्ध सरकारी सञ्चारमाध्यम आरटीईले प्रधानमन्त्रीका प्रवक्ताद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी आइतबार बताएको छ ।
  
विज्ञप्तिमा भनिएको छ, “आयरल्याण्डका ताओइसिच (प्रधानमन्त्री)ले बेलायती प्रधानमन्त्रीलाई उत्तरी आयरल्याण्ड र ब्रेक्जिटबारे वार्ता गर्नेगरी डबलिनको भ्रमणका लागि निमन्त्रणा दिइसकेका छन् । दुबै देशका प्रधानमन्त्री कार्यालयहरूबीच वार्तालाई आगामी केही हप्ताभित्र गर्न तिथि तय गर्न सम्पर्क भइरहेको छ ।” 

वार्ता दुबैतर्फको अवस्थाबारे समझदारी बनाउने एक महत्वपूर्ण अवसर भएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि आगामी भेटमा ब्रेक्जिट सहमति र इयूले भनेजस्तो राजस्व कार्यालयलाई हटाउने कुनै समयसीमा नराख्ने बिषय (ब्याकस्टप)मा भने कुराकानी हुनेछैन ।

बेलायती प्रधानमन्त्री जोनसनले ‘ब्याकस्टप’ का लागि इयूको अडान नछोडिएसम्म कुनै पनि इयू नेतालाई नभेट्ने भनेपनि दुई हप्ता पहिले जोनसन र आयरल्याण्डका समकक्षी लाई वरदकारबीच दुई हप्ता पहिले फोनवार्ता भएको थियो । वार्तामा भेटबारे सहमति भएको बताइएको छ ।