सुनकोशी–मरिण डाइभर्सनको डरः स्थानीयबासि त्रसित, संस्कृती लोप हुने चिन्ता

सुनकोशी–मरिण डाइभर्सनको डरः स्थानीयबासि त्रसित, संस्कृती लोप हुने चिन्ता

काठमाडौं, २६ साउन । सुनकोशी–मरिण डाइभर्सन आयोजनाले सिन्धुली र रामेछाप जिल्लाका केही भूभाग डुवान पार्ने भन्दै स्थानीबासि त्रसित हुन थलेका छन् ।

यस आयोजनाको जलाशयले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका र मन्थली नगरपलिका क्षेत्रहरु डुवानमा पार्ने भन्दै स्थानीयले आफुहरुलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । 

यो आयोजनाले वीपी राजमार्गको ०.४२५ किमि सडक र खुर्कोट–मन्थली सडकका करिव १.०१४ किमि क्षेड डुवानमा पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । आयोजना निर्माण क्षेत्रमा गाडिएका डलब सर्किट प्रसारण लाइनमासमेत बाधा पुग्ने अध्ययनले देखाएको छ ।

 

स्थानीयबासिले आफुहरुको खेतियोग्ज जमिन, कुलो, बसोबास, विद्यालय, सडक, स्वास्थ्य चौकीमासमेत आयोजनाले असर पार्ने भएकाले यतिबेला स्थानीय जनता, जनप्रतिनिधि, प्रदेश सरकारका सांसदहरु र सरोकारवाला निकायहरु यस बारेमा व्यापक छलफलमा र सार्वजनिक सुनुवाईमा जुटेका छन् ।

भर्खरै सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा रामेछापको खाँडादेवी ४ का स्थानीय तथा भाषाविद् धनबहादुर माझीले अधिकाँश माझी समूदायको जग्गा सुकोशीको किनारमा रहेको तर २०३२ सालको नापीमा छुटेको बताए । उनले नेपाल अधिराज्यभर माझी समूदाय खोला, कोशीको किनारमा बसोबास रहेका कारण नदी वा खोलाको पानी थोरै चलाउँदा उनीहरु थोरै र धेरै चलाउँदा धेरै प्रभावित हुने बताए ।

मरिण–सुनकोशी डाइभर्सनले धेरै माझीहरुलाई बसाईँ सार्न बाध्य बनाएको भन्दै यसले पुख्र्यौली जग्गा जाने मात्र नभई धर्म संस्कृती र भेषभुषा पनि लोप हुने जिकिर गरे । 

उनले मरिणको बागमतीमा सुनकोशीको ६७ क्यूसेक र काठमाडौंमा मेलम्चीको ५१ हजार लिटर प्रतिघण्टा पानी बग्दा पुरै मरिण डुवानमा पर्ने बताए । 

त्यसैगरी प्रदेशसभा सांसद रिता माझीले आयोजनाका कारण माछा मार्ने माझीहरको पेशा नै संकटमा पर्ने भन्दै उनीहरुलाई समय सान्दर्भीक र उचित प्रकारको क्षतिपूर्ति दिइनुपर्ने माग गरिन् ।

आयोजनाका कारण प्रभावित हुनेहरुले नवराज माझीको संयोकत्वमा १५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेका छन् । समितिको सह संयोजकमा पूर्णं बहादुर माझी र मनोज मानन्धर सदस्य सचिव रहेका छन् ।