हिन्दु अराध्य रामका वंशजद्वारा अदालतमा दाबी प्रस्तुत

हिन्दु अराध्य रामका वंशजद्वारा अदालतमा दाबी प्रस्तुत

काठमाडौ ।  बाबरी मस्जिद ध्वंस भएको मुद्दामा भारतको सर्वोच्च अदालतले हिन्दु अराध्य रामका वंशज अयोध्याया वा दुनियाँको कुनै ठाउँमा अहिले छन भनी गरेको प्रश्नको जवाफ दिँदै जयपुर राजघरानाको तर्फबाट यस्तो दाबी गरिएको हो ।

महाराजा भवानी सिंह रामका छोरा कुशको ३०७औं पुस्ता भएको दाबी जयपुर राजघरानाको तर्फबाट गरिएको छ ।

रामजन्म भूमि अयोध्या विवादमा सार्वोच्चमा ९ अगस्तमा भएको सुनुवाईको क्रममा रामको तर्फबाट बहस गर्ने वकिलसँग अदालतले सोधेको थियो – के भगवान रामका कुनै वंशज अयोध्या वा दुनियाँमा कतै छन् ? जवाफमा उनले  भने –“ मेरो जानकारीमा नभएपनि जयपुरको राजपरिवारले आफूलाई रामको छोरा कुशको नामबाट ख्याति भएको कच्छवाहा वा कुशवाहा वंशको दाबी गरेको छ । यो इतिहासमा पनि उल्लेख छ ।”

पूर्व राजकुमारी दीयाकुमारीले यसको प्रमाण सबूत दिएकी छिन् ।

उनले दस्तावेज यस्तो प्रस्तुत गरेकी छिन् जसमा रामका सबै पूर्वजहरूको नाम क्रमबद्ध गरी उल्लेख गरिएको छ ।

त्यस दस्तावेज अनुसार २८९औं वंशजको रूपमा  सवाई जयसिंह र ३०७औं वंशजको रूपमा  महाराजा भवानी सिंहको नाम  उल्लेख गरिएको छ ।

दस्तावेज अनुसार विवादित राम जन्मस्थल सवाईसिंह द्वितीयको अधीन भएको देखिन्छ ।

१७७६को एक आदेशमा जयसिंहपुराको भूमि कच्छवाहाके अधिकारमा भएको उल्लेख गरिएको छ ।

कुशवाहा वंशका ६३औं वंशज राम थिए  भने राजकुमारी दियाकुमारी ३०९औं वंशज छिन् ।

इतिहासकारका अनुसार रामजन्म स्थलमा  जयपुरका  कच्छवाहा वंशको हक लाग्ने देखिन्छ ।

इतिहासकार आर नाथको पुस्तक द जयसिंहपुरा आककफ सवाई राजा जयसिंह एट अयोध्यायको सन्दर्भसूची २का आधारमा अयोध्यायको रामजन्मस्थल मन्दिर जयपुरको कच्छवाहा वंशको अधिकारमा भएको उल्लेख गरिएको छ ।

सवाई जयसिंहले १७१७मा अयोध्यायमा मन्दिर बनाएका थिए ।

१७७६मा  नवाब वजीर असफ– उद– दौलाले  राजा भवानी सिंहलाई अयोध्या र इलाहबादस्थित जयसिंहपुरामा कुनै दखल नहुने आदेश दिएका थिए ।

त्यो आदेशका अनुसार कच्छवाहाको  अधिकार रहने जनाइएको थियो ।

राजपारिवारकी राजमाता पद्यमिनी देवीले अदालतले रामका वंशज कहाँ छन् भनी सोधिएकोले अदालत सामुने आएको बताएकी छिन् ।  

राम जन्मस्थल विवादमा वंशका कारण कुनै बाधा न होस भनी अदालत समक्ष आएको उनले जनाइन् ।

राजपरिवारकी दीयाकुमारीले रामका छोरा कुशका वंशज विश्वभरि रहेको बताइन् । आफूहरू अदालतबाट यसको फैसला छिट्टो हुनुपर्ने चाहेको उनले बताइन् ।