अमेरिका–चीन व्यापार तनाव बढ्यो, चीन पनि प्रतिकारमा

अमेरिका–चीन व्यापार तनाव बढ्यो, चीन पनि प्रतिकारमा

अमेरिका र चीन बिच भएको ब्यापार युद्ध चरम उत्कर्षमा पुगेको छ । ब्यापार युद्धले उग्र रुप लिन थालेसँगै विश्व अर्थतन्त्रमा यस्को असरहरु देखिन थालेका छन् । विश्वभर नाम कमाएका फेसबुक, अमेजन, एप्पल लगायतका कम्पनीहरुको शेयरमूल्य दिन प्रतिदिन घट्दो क्रममा रहेको छ भने शेयर लगानीकर्ताहरु धमाधम शेयर बेचर लगानीलाई सुनतर्फ ड्राइभर्ट गरेबाट सुरक्षित  लगानीको रुपमा रहेको सुनको माग विश्व वजारमा ह्वात्तै बढेको छ । 

अमेरिकाले चीन विरुद्ध ब्यापार युद्ध उत्कर्षमा पुग्नसक्ने आँकलन गरिएको थियो, यद्यपी अमेरिकाले यसरी आच्छु आच्छु पार्छ भन्ने कमैले सोचेका थिए । ब्यापार युद्ध ट्रमको आगामी चुनावी प्रतिष्ठासँग समेत जोडिएकोले सजिलै मत्थर नहुने विश्लेषकहरुले बताएका छन् । यद्यपी चीनले पनि प्रतिकार गर्न थालिसकेकोले अझै उत्कर्षमा पुग्ने निश्चित छ । 

केही समय अघि भने अमेरिकाले हुवाईलाई विशेष इजाजतपत्र मार्फत हुवाईका सामान बिक्री गर्न दिने संकेत गरेको थियो । तर अमेरिकामा हुवाईका उत्पादन बिक्री हुने वा नहुने भन्नेमा फेरि अनिश्चितता उत्पन्न भएको छ । यद्यपी अमेरिकामा हुवाई उत्पादन बिक्रीका लागि ५० वटा आवेदन परेको बताइकाएको छ ।

गत मे मा हुवाइलाई राष्ट्रिय सुरक्षाको खतरा देखाउदै अमेरिकाले कालो सूचीमा राखेको थियो । यद्दपि, अमेरिकाले हुवाईलाई प्रतिबन्ध लगाए पनि यसको व्यापार विश्व बजारमा अझै बढेको छ । कम्पनीको पछिल्लो रिपोर्ट अनुसार हुवाईको बिक्री र मुनाफा दुवैमा वृद्धि देखिएको हो । चीनको आन्तरिक बजारमा पनि हुवाईको बिक्री ह्वात्तै बढेको छ । 

अमेरिकाले हुवाईलाई प्रतिबन्ध लगाउनु तथा चीनको सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने लगायतका घोषणा गरेपछि त्यसको प्रतिकारस्वरुपः चीनले पनि अमेरिकी कृषि उत्पादन खरिदमा रोक लगाउने निर्णय गरेको छ जसलाई चीनियाँ प्रतिकारको रुपमा लिन सकिन्छ । चीनको यस कदमलाई ट्रम्पले भने चीन फेल भएको बताएका छन् ।
 

 यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुनमा भएको जी बैठकमा चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्तामा हुवाइमाथि लगाइएको प्रतिबन्धमा केही खुकुलो पार्ने आश्वासन दिएका थिए । तर, पछि दुई देशबीचको व्यापार वार्ताले सकारात्मक गति लिन नसकेपछि फेरि तनाव बढेको हो । 
 
दुई देशबीच व्यापार युद्ध चर्किंदै गएपछि विश्व अर्थतन्त्रमै संकट आउने हो कि भन्ने आशंका समेत सुरु भएको छ । यसैको परिणामस्वरुपः विश्व बजारमा सुनको भाउ चुलिन थालेको छ । सुरक्षित लगानीका रुपमा सुन सञ्चय गर्ने क्रम बढेपछि विश्व बजारमा भाउ बढेको छ । चिनियाँ मुद्रा निकै कमजोर भएको छ । उता, अमेरिकी सेयर बजारमा भारी गिरावट आइरहेको छ भने सुनको मूल्य अन्तराष्ट्रिय रुपमा भारी रुपले बढेको छ । -एजेन्सीको सहयोगमा