चीनलाई समस्या पार्न हङकङ प्रदर्शकारी उकास्दै अमेरिका

चीनलाई समस्या पार्न हङकङ प्रदर्शकारी उकास्दै अमेरिका

काठमाडौ । चीनलाई अप्ठयारो पार्न हङकङ प्रदर्शनकारीलाई अमेरिकाले उकास्दै आएको पाइएको छ ।

अमेरिकी कन्सुलटको राजनीतिक विभाग प्रमुख जुलि इडेहले प्रदर्शनकारी समूहसँग बैठक गरेको फोटो सार्वजनिक भएपछि यसको खुलासा भएको हो ।

अमेरिकी कन्सुलटको राजनीतिक विभाग प्रमुखसँग भेटेको विषयलाई चीन विरोधी गतिविधिमा संगठन संगठनका एक नेताले यसको विरोध गरेका छन् ।

लोकतान्त्रिक पार्टी डेमोसिस्टोका महासचिव जुसुआ वोङ चीफङले  यो भेटबाट अमेरिकाले उक्साएर प्रदर्शन नभएको बताए ।

अमेरिकाको विदेश विभागले  अमेरिकी प्रतिनिधि नियमित हङकङ र मकाउमा  त्यहाँका मानिसहरूसँग भेटघाट गरेको जनाएको छ ।

चिनियाँ विदेशमन्त्रालयले अमेरिकाको यस गतिविधि प्रति गम्भीर असन्तुष्टि व्यक्त ग¥यो ।

चिनियाँ विदेशमन्त्रालयले अमेरिकालाई तत्काल चीन विरोधी प्रदर्शनकारीसँगको सम्बन्ध तत्काल भंग गर्न र हङकङको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न चेतावनी दिएको थियो ।

हङकङ प्रहरी स्टेशनमा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरिरहँदा अमेरिकी झण्डा बोकेको भिडियो सार्वजनिक भएको थियो ।