व्यापार युद्ध जारी राखे दुर्लभ खनिज पदार्थको चर्को मूल्य तिर्न तयार हुन अमेरिकालाई चेतावनी

व्यापार युद्ध जारी राखे दुर्लभ खनिज पदार्थको चर्को मूल्य तिर्न तयार हुन अमेरिकालाई चेतावनी

काठमाडौ । मोबाइल फोनदेखि आधुनिक लडाकु जेट विमानसम्म बनाउन चाहिने धरतीको दुलर्भ पदार्थ (रेअर अर्थ)का लागि अमेरिकी व्यापारीले चर्को मूल्य तिर्न तयार हुनुपर्ने रेअर अर्थको चिनियाँ संगठनले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका उत्पादित वस्तुहरूमा सेप्टेम्बर १ देखि फेरि अतिरिक्त भन्सार शुल्क थप्ने चेतावनी दिए लगतै चिनियाँ रेअर अर्थ उद्योग संगठन(एसीआरइआइ)ले यस्तो चेतावनी दिएको हो ।

संगठनले व्यपार युद्धबाट अमेरिकी व्यवसायलाई हानि पु¥याउने समेत जनायो ।

उच्च प्रविधि उद्योगमा कच्चा पदार्थको रूपमा रेअर अर्थ नभइ नहुने वस्तु हो ।

अमेरिका हाइ टेक इन्स्ट्रीको उत्पादक देश मानिन्छ । मोबाइल देखि लडाकु जेट बनाउने उद्योग त्यहाँ छन् ।

रेअर अर्थ संगठनले करिब ३०० खानी उद्योगीहरूसँगको बैठक ग¥यो ।

 यो बैठक ट्रम्पले चिनियाँ उत्पादनमाथि नयाँ अतिरिक्त शुल्क लगाउने चेतावनी दिए पछि भएको हो ।

दुई ठूला अर्थतन्त्रबीच भइरहेको व्यापार युद्धमा अमेरिकी नागरिक र अमेरिकी जनतालाई हानि हुने विषय ध्यान दिनुपर्ने बताउँदै यसबाट कुनै पनि पक्षलाई फाइदा नहुने संगठनले जनायो ।

चीनले देश भित्र र बाहिर रेअर अर्थको विस्तार गरिरहेको छ ।

विश्वमा रेअर अर्थको आपूर्ति बजारमा चीनको हिस्सा ८० प्रतिशत रहेको छ ।

जुनमा यसले ३ हजार ९सय ६६ टन निर्यात गरेको थियो । गतवर्षको तुलनामा यसमा २६.८ प्रतिशतले कम आएको छ ।