चीनले तेस्रो विश्वयुद्धको तयारी गरिरहेको अमेरिकी आरोप

चीनले तेस्रो विश्वयुद्धको तयारी गरिरहेको अमेरिकी आरोप

अमेरिकी सत्तारूढ दलका नेताहरूले चीनले तेस्रो विश्वयुद्धको तयारीमा लागेको आरोप लगाउन थालेका छन् ।

रिपब्लिकन सिनेटर जेम्स इन्होफेले  यस्तो आरोप लगाएका हुन् । अमेरिका चिनियाँ तयारीलाई बेवास्ता गरी बसेकोमा चिन्ता व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

चीनको विरूद्धमा आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको देखिएको भए पनि उनले पूर्व राष्ट्रपति बाराक ओबामाले चीनलाई छाँद हाल्ने जस्तो कुनै काम नगरेकोमा उनले चिन्ता व्यक्त गरे ।

ट्रम्पले चीनसँग व्यापार युद्धलाई तीव्र पारेका छन् । यो व्यापार युद्धबाट चीन ध्वस्त हुने अपेक्षा उनको रहेको छ 

अमेरिकाले ताइवानलाई समर्थन गरेर  एक चीन नीति विरोधी अभियान चलाएको भनेर चीनले खुला चुनौती दिँदै आएको छ ।