भारतले कस्मिरमा गरेको कडाइप्रति संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

भारतले कस्मिरमा गरेको कडाइप्रति संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

२३ साउन ।  भारत प्रशासित कश्मीरमा गरिएका कडाइहरुबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ “मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने“ भन्दै चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरुलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरेका छन् ।

जम्मू कश्मीरलाई दिइएको विशेष संवैधानिक मान्यता खारेज गर्दै भारत सरकारले सो राज्यलाई केन्द्रशासित प्रदेश बनाएको छ । आइतवारदेखि त्यहाँ फोन र इन्टरनेट बन्द गरिएको छ । अहिले पनि कश्मीर बन्दको स्थितिमा छ ।
पाकिस्तानले भारतीय उच्चायुक्तलाई निकाला गर्ने, व्यापार स्थगन गर्ने भारत पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरु ट्विटरमा प्रेषित भिडिओ सन्देशमा ती प्रवक्ताले कश्मीरमा मानवाधिकारको स्थितिबारे गत जुलाई ८ मा प्रकाशित प्रतिवेदनको प्रसङ्ग उल्लेख गरेका छन् ।

सो प्रतिवेदनमा सरकारले विरोध दबाउन कसरी बारम्बार सञ्चार बन्द गर्यो, दण्ड दिन राजनीतिक विरोधीलाई कसरी जथाभावी पक्राउ गर्यो र गैरन्यायिक हत्या तथा मानिसहरु गम्भीर घाइते हुनेगरी विरोधप्रदर्शन नियन्त्रण गर्न कसरी धेरै सुरक्षाकर्मी परिचालन र्गयो भन्ने विवरण भएको उनले बताए । बीबीसीबाट