बालुवाटारमा भीषण आगलागी (तस्वीरसहित)

बालुवाटारमा भीषण आगलागी (तस्वीरसहित)

काठमाडौं, २२ साउन । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ ।

बुधबार दिउँसो करिब पौने  १ बजेतिर आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

यो इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवन हो । सवा १ बजे सम्म आगो ७० प्रतिशत नियन्त्रणमा आइसकेको जनाइएको छ ।