काश्मिर अधिग्रहण चिनियाँ सार्वभौमिकतामाथि धाबा

काश्मिर अधिग्रहण चिनियाँ सार्वभौमिकतामाथि धाबा

काठमाडौ । चीनले काश्मिर अधिग्रहणको भारतीय पहललाई आफ्नो सार्वभौमिकतामाथि धाबा भएको बताएको छ ।

पाकिस्तानले पनि काश्मिर विषयमा जुनुसकै पहल चाल्ने अभिव्यक्ति सार्वजनिक गरिसकेको छ ।

तिब्बत र पाकिस्तानबीचको क्षेत्रमा रणनीतिक रूपमा बौद्धमागीहरू रहेको क्षेत्र लद्दाखमा भारतीय कारवाही विरूद्ध चीनले कठोर शब्दको प्रयोग गरेको छ ।

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुनिङले चीन भारतबीचको पश्चिमी सीमामा चिनियाँ भूभागको भारतीय अघिग्रहणलाई सदैब विरोध गरेको बताइन् ।

हुआले भनिन्“ हालै एकपक्षीयरूपमा आन्तरिक कानुनको संशोधन गरी चिनियाँ सार्वभौमिकतालाई अवमूल्य गरेको विषय स्वीकार नहुने र यो कार्यान्वयनमा नआउँदैन् ।”

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले लद्दाखको विषय भारतको आन्तरिक मामिला भएको र नयाँ सिर्जना पनि आन्तरिक मामिला भएको बताएका थिए ।

कुमारले भने “ भारत चीनबीचको सीमा विवादका विषय दुई पक्ष बसेर न्यायपूर्ण र तर्कपूर्ण तरिकाले समाधान गर्न सहमत भएका छन् । भारतले अरूको आन्तरिक मामिलामा नबोले झै आफ्नो मामिलामा पनि कसैले नबोलोस भन्ने चाहन्छ ।”

पाकिस्तानले काश्मिर अधिग्रहणलाई युद्ध गराउन सक्ने पहल भएको र यसका लागि पछि नहट्ने जनायो ।

हामीले पनि त्यस्तै पाकिस्तान नियन्त्रित काश्मिरी क्षेत्रमा गर्ने प्रधानमन्त्री इमरान खानले जनाए ।