भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

काठमाडौ । ६७ वर्षीया पूर्व विदेशमन्त्रस् सुषमा स्वराजको मंगलवार राति निधन भयो ।

छाती दुखेको अनुभव हुँदा उनलाई एम्समा उपचारका लागि भर्ना गरिएपनि अस्पतालले बचाउन नसकेको हो ।

मृत्यु हुन ३ घन्टा अघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधानको अनुच्छेद ३०७ हटाएको निर्णय प्रति बधाइ ट्विटरमार्फत व्यक्त गरेकी थिइन् ।

भाजपाका कार्यकारी अध्यक्ष जेपी नड््डाका अनुसार उनको शव पार्टी कार्यालयमा १२ बजे देखि ३ बजेसम्म राखिनेछ ।

सन् १९७७मा हरियाणाको अम्बाला विधान सभा सिटबाट जितेर २५ वर्षकी सबै भन्दा कम उमेरकी युवा विधायक बनेकी थिइन् ।

त्यतिखेर देवीलालको सरकारमा युवा मन्त्री बनेकी सुषमा १९९८मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

१९९९मा सोनिया गान्धीसँग बेल्लारी लोकसभा चुनाव हारेकी थिइन् ।

१३ दिने अटल बिहारी बाजपेयीको सरकारमा सूचना तथा प्रसारण मन्त्री बनाइएको थियो ।  

अर्कोपटक बाजपेयी सरकारमा सूचना तथा प्रसारण मन्त्री बनिन् ।

सुषमा २००९ र २०१४मा विदिशाको लोकसभाबाट चुनाव जितेर मोदीको पहिलो सरकारमा विदेशमन्त्री भएर भारत सरकारमा सामेल भइन् ।

स्वास्थ्यका कारण सन् २०१९मा चुनाव नडेकी सुषमको निधन भएको हो ।