प्रधानमन्त्रीसँग देउवाको भेटपछि पार्टीमा तरङ्ग 

प्रधानमन्त्रीसँग देउवाको भेटपछि पार्टीमा तरङ्ग 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो भेट नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा निकै पेचिलो  सावित भएको छ । डा. गोविन्द केसीले १६ औं अनशन सुरु गरे यता  कांग्रेस सभापति देउवाले वालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग दुई पटक भेटघाट गरेका थिए । पहिलो भेटघाट प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जानुअघि भएको थियो भने दोस्रो भेटघाट प्रधानमन्त्री ओली फर्के लगत्तै भएको थियो ।  

 पार्टी आन्दोलनमा होमिएका बेला सभापतिले सुटुक्क प्रधानमन्त्रीलाई भेट गरेको विषय नेपाली कांग्रेसभित्र निकै तरंग आयो । समाचार स्रोतका अनुसार पहिलो भेट प्रधानमन्त्री ओलीको चाहनामा भएको थियो भने दोस्रो भेट कांग्रेस सभापति देउवाको चाहनामा भएको थियो । पहिलो भेटपछि कांग्रेस सभापति देउवा आक्रोसित हुँदै फर्कका थिए । केन्द्रीय समितिको बैठकमा पनि सभापति देउवाले सरकारविरुद्ध अत्यन्त कडा कदम चाल्नु पर्ने बताएका थिए । तर, आफ्नै पहलमा भएको दोस्रो भेटघाटपछि भने  कांग्रेस सभापति देउवा अत्यन्त प्रफुल्ल भएर फर्के । 

समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको पछिल्लो भेट ‘गिभ एण्ड टेक’ मा पुगेर टुंगिएको छ । समाचार स्रोतका अनुसार  आफ्ना दुई जना नेताहरुको नाममा स्थापित अस्पताल संघीय सरकार मातहत हुनुपर्ने कांग्रेसको माग ओलीले पूरा गरिदिने, जापानका लागि नेपाली राजदूत रहेकी प्रतिभा राणाको  पद थमौती हुने, ३३ किलो  सुन प्रकरण तथा वाइडबडी बिमान खरिद प्रकरणलाई अब दुवै पक्षले क्रमशः  सेफ ल्याण्डिङ गर्ने, डा. गोविन्द केसीको अनशन फिर्ता लिन कांग्रेस सभापति देउवाले पहल गर्ने सहमति भएको हुनसक्ने कांग्रेसवृत्तमा चर्चा छ । साथै कांग्रेसले सदन अवरुद्ध नगर्ने सहमति पनि भएको थियो । तर सडक आन्दोलनलाई भने नेपाली कांग्रेसले चर्काएर लैजाने सहमति भएको बुझिएको छ ।  
 
सासु प्रतिभा राणाको पद थमौती गर्ने शर्तमा कांग्रेस सभापति देउवाले डा. केसीको अनशन फिर्ता गराएको आरोप नेपाली कांग्रेसभित्रको एउटा तप्का तथा नागरिक समाजको एउटा तप्काले लगाएको छ । तर ओली देउवा  गोप्य  सहमतिको रहस्य यतिमा मात्रै सीमित छैन ।  भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप पछि  सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको अमेरिका विरुद्ध निकै नै कडा विज्ञप्ति आएको थियो । प्रचण्डको यो विज्ञप्तिपछि अमेरिकी राजदूतले कांग्रेस सभापति देउवालाई  भेटेर निकै लामो समयसम्म छलफल गरेको र त्यो छलफलपछि देउवाले प्रधानमन्त्री ओलीलाई भेटेको समाचार स्रोतले जनाएको छ ।  

नेपाली कांग्रेसका सभापति देउवाले अन्तर्राष्ट्रिय परिस्थिति एकाएक परिवर्तन भएका कारण आन्दोलनको एजेण्डा तथा स्वरुप परिर्वतन गर्नु परेको केन्द्रीय समितिको बैठकलाई जानकारी गराएका छन् । केन्द्रीय समितिको बैठकमा देउवाले  प्रधानमन्त्री ओलीसँगको भद्र सहमति तर्फ संकेत गर्दै भनेका छन्– ‘अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको छ,  प्रचण्डले  ओली सरकारलाई अमेरिका विरुद्ध प्रयोग गर्ने खतरा बढ्यो, त्यसैले ओलीलाई अप्ठेरो पारेर अमेरिका विरोधी कित्तामा पु¥याउने काम हामीले गर्नु हुन्न ।’ देउवाको यो भनाइलाई कांग्रेसका सबै केन्द्रीय सदस्यहरुले ताली बजाएर समर्थन गरेका थिए ।  

 समाचारस्रोतका  अनुसार नेपाली कांग्रेसले अब अघि बढाउने आन्दोलनको मुख्य एजेण्डा  भेनेजुएला प्रकरणमा अमेरिका जहाँ उभिएको छ नेपाल पनि त्यहीँ उभिन सरकारलाई दबाव दिनु हुनेछ । आगामी चैतभित्रमा ओली सरकार अमेरिकी नीतिको समर्थन गर्न वाध्य हुने नेपाली कांग्रेसका देउवा निकट एक नेताले बताए ।  

उनले भने– ‘सन् १९९१ मा चीनको तियानमेन स्क्वायरमा शान्तिपूर्ण  धर्नामा बसेका हज्जारौं  विद्यार्थीलाई डोजर लगाएर मारियो । यो घटनाको विरोधमा बिज्ञप्ति निकाल्न अमेरिकाले सुरुमा नेपाली कांग्रेसलाई आग्रह ग¥यो तर कांग्रेसले आँट गरेन,  त्यसपछि एमालेलाई आग्रह ग¥यो । एमालेले इन्सेकमार्फत तत्काल विज्ञप्ति जारी गरिदियो । यो विज्ञप्ति जारीपछि इन्सेकमार्फत अमेरिकाले नेपालमा एमालेका निम्ति ठूलो लगानी गरिरह्यो, नेपाली कांग्रेसलाई शंकाको नजरले हेर्न थाल्यो ।’ केही दबावपछि ओलीले अमेरिकी चाहनालाई समर्थन गर्ने बुझाइ नेपाली कांग्रेसको छ ।