राजा वीरेन्द्र वंशनासको योजना बनाउनेले केही नपाएपछिको छटपटी अझै कायमै 

राजा वीरेन्द्र वंशनासको योजना बनाउनेले केही नपाएपछिको छटपटी अझै कायमै 

काठमाडौ । राजा वीरेन्द्र ,रानी एश्वर्यलगायत राजपरिवारका आठजना सदस्यलाई एकै ठाउँमा हत्या गर्ने योजनाको तानाबना बुन्नेहरूले अपेक्षित परिणाम हासिल गर्न नसकेको देखिएको छ ।

विश्वमा राजनीतिक झुकाव अमेरिकी सत्ताको निर्देशन तिर तान्ने गरी राजनीतिक हत्या गराउनेहरूमा सबै भन्दा अग्रपंक्तिमा अमेरिकी गुप्तचर संस्था  सीआईए मानिएको छ ।

सन् २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नाशको योजना काठमाडौमा बनाइरहँदा सीआईएले त्यतिखेर ल्याटिन अमेरिकी देश भेनेजुएलाका निर्वाचित राष्ट्रपति ह्युगो चाभेजको सत्ता पलट गर्ने योजना तयार पारेको थियो ।

चाभेजको सत्ता पलट गर्ने यो योजना अझसम्म पूरा नभएको देखिएको छ ।

चाभेजका उत्तराधिकारीको रूपमा त्यहाँ निर्वाचनबाटै सत्ता सम्हालेका वर्तमान राष्ट्रपति निकोलस मदुरोलाई विस्थापित गर्न अमेरिकाले प्रत्यक्षरूपमा हस्तक्षेप गरिरहेको जगजाहेर छ ।

राजपरिवार हत्याकाण्ड हुन अघि झन्डै एक महिना अघि अप्रिल १३को वासिंटन पोस्टले चाभेजको सत्ता पलटका लागि त्यहाँका सबै प्रतिपक्षीसँग अमेरिकी दूतावासका अधिकारीहरूले सघन भेटघाट गरेको र योजना बनाएको समाचार छापेको थियो ।

वेन म्याडसेनले ‘कम्प्यारिजन बिटविन रिसेन्ट युएस ब्याक्ड कुप्स’ शीर्षकमा लेखेको अनुसन्धानात्मक आलेखमा सीआईएले भारतीय गुप्तचरसंस्था रअको सहयोगमा राजपरिवार हत्याकाण्डका बारेमा गलत कथा प्रसारित गर्न लगाएको उल्लेख गरेका छन् ।

वीरेन्द्रको अनुपस्थितिमा राजगद्दीका स्वाभाविक उत्तराधिकारी हुने ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले यो राजपरिवार हत्या काण्डलाई सन् १९१७मा रूसको रोमानोभहरूको हत्याकाण्ड भन्दा पनि निकृष्ट भनेका थिए ।

त्यसपछि यो कथालाई हलिउडको कथाजस्तो मिल्ने गरी कथाको व्याख्या गर्न लगाइयो । युवराज दिपेन्द्रले नै परिवारको सबै सदस्यको हत्या गरेको कथा प्रसारित गर्न लगाइयो ।

परिवारले उनको विवाहलाई स्वीकार नगरेपछि क्रोधमा आएर युवराज दिपेन्द्रले यो हत्याकाण्ड गरेको कारण भनियो ।

ज्ञानेन्द्रका छोरा पारस केही घाउखत लागेर बाँच्न सफल भएको अरू परिवारका सदस्यलाई दिपेन्द्रले मारेको र ज्ञानेन्द्र आफै त्यो घटनाबाट जोगिएको विषय सीआईएको सुनियोजित षडयन्त्र अन्तर्गत रहेको खुलासा गरिएको छ ।

ज्ञानेन्द्रको सीआईएसँग लामोसमय देखि सदस्य र अमेरिकी करपोरेट समूहका कठपुतली रहीआएको विषयलाई म्याडसेनले पुष्टि गर्दै लेख्छन् – ज्ञानेन्द्रको सम्बन्ध हेनरी किसिन्जर र फोर्ड प्रशासनसँग सन् १९७० पहिले देखिको छ ।

अर्कोतर्फ तत्कालीन राजा वीरेन्द्र भारत विरोधी नेपाली राष्ट्रवादी अडान बोकेका क्रान्तिकारीहरूसँग शान्ति वार्ता गर्न चाहेका थिए । 

सन् १९७५मा सिक्किमलाई भारतको अंग बनाए जस्तै नेपाललाई भारतको अर्को प्रान्त बनाउने बाटोमा लागेका ज्ञानेन्द्रको प्रयासलाई रोक्न माओवादी र नेपाली राष्ट्रवादीहरूले प्रयास गरेका थिए ।

ज्ञानेन्द्र यो गरी अमेरिकी राष्ट्रपति बुश परिवारले बनाउन खोजेको नयाँ विश्व संरचनाको  भाग हुन खोजेका थिए ।यसबाट चीन वरिपरि अमेरिकाले घेरा हाल्न खोजेको थियो ।

सीआईएले नेपालको सत्ता कब्जा गर्न महिनौ अघि भेनेजुएलामा गरे झै महराजगञ्जमा एक कार्यालय खोलेको थियो ।

त्यो कार्यालय त्यहाँ रहेको ज्ञानेन्द्रको निर्मल निवास अगाडि थियो ।  त्यस कार्यालयमा नेपाल प्रहरी र सैनिक अधिकारीहरूलाई आउनेृ जाने गरेको त्यहाँका स्थानीयहरूले देखेका थिए ।

अमेरिकाको विशेष अपरेशन सैनिक दलका अधिकारीहरू मध्येका बेली नाइटिंगल आई कोड नाम भएका व्यक्ति हत्या हुन अघि काठमाडौ पुगेका थिए । 

अमेरिकीहरूको सो समूहले आफ्नो कार्यलाई पूरा गर्न भूकम्पबाट जोगिन तालिमको कार्यक्रमलाई आवरणको रूपमा अगाडि बढाएका थियो ।

अमेरिकी मनोवैज्ञानिक अपरेशनका अधिकारीहरूले यो घटनालाई युवराज दिपेन्द्रले गराएको भनि प्रचार गराउने अभियानलाई अगाडि बढाए ।

 तर सीआईएको दुष्प्रचार संयन्त्रले काठमाडौ र काराकसमा गलत साबित भयो । त्यतिखेरका सीआई र सीआईए निर्देशक जर्ज टिनेटले दुष्प्रचार संयन्त्रको असफलताबारे अर्को स्वांग शुरू गरेर बसे होलान् ।

काठमाडौस्थित एक निष्कलंक स्रोतको हवाला दिँदै म्याडसनले भन्छन्  –“ राजा र उनको परिवारका सुरक्षामा खटिने नेपाली सेनाको कमान्डो एकाईलाई त्यो बेला अमेरिकाका विशेष अपरेशन समूहले तालिम दिएको थियो ।

अमेरिकाको प्यासिफक कमान्डर इन चीफ एमडिरल डेनिस ब्लेयरले तयार गरी पठाएको सो अपरेशन समूहले नेपाली सेनाको त्यो समूहलाई तालिम दिएको थियो ।

 पूर्वी टिमोरमा आम नरसंहार गराएको स्वीकार गर्ने जेनरल विरान्टोलाई सहयोग गर्ने व्यक्ति ब्लेयर नै हुन् ।

अमेरिकी रक्षा मन्त्रालयको रणनीति प्रवाह गर्ने विभाग ‘पेन्टागन्स अफिस अफ स्ट्रेटजी इन्फ्लुएन्स’बाट तयार पारिएको कथालाई भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ्ग(रअ)को सहयोगले  राजपरिवारका सदस्यहरूको हत्या युवाराज दिपेन्द्रले गराएको  भनी फैलाउन खोजिएको म्याडसेनले उल्लेख गरेका छन् ।

कतिपयले अहिलेको इन्डो प्यासिफिकमा फसाउने अमेरिकी योजना त्यतिखेरको सत्ता पलटबाट हुन नसकेको छटपटीको अर्को संस्करण भएको भन्ने गरेका छन् ।

यसको उद्देश्य पनि चीनलाई घेरा हाल्ने हो ।