छोराले चिर्पटले हान्दा बुबा ठहरै !

छोराले चिर्पटले हान्दा बुबा ठहरै !

कैलाली, १३ साउन । जिल्लाको गोदावरी नगरपालिका– ५ मा छोराले बुवाको हत्या गरेका छन् । बर्बाटाका ३० वर्षीय रामसिंह कुमालले चिर्पटले हानेर ६० वर्षीय बुवा अम्बर कुमालको हत्या गरेका हुन् । 

आइतबार राति घरायसी विवादका क्रममा छोराले चिर्पट प्रहार गर्दा उनको ज्यान गएको  प्रहरीले जनाएको छ । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो । उनको उपचारका क्रममा नै ज्यान गएको हो । 

बुवाको हत्यापछि भागेका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोेलीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।