कसले भने –‘जय श्री राम सुन्न सक्दैनौ भने चन्द्रमा बस्न जाउ’

कसले भने –‘जय श्री राम सुन्न सक्दैनौ भने चन्द्रमा बस्न जाउ’

काठमाडौ । भारतीय सिनेमाका एक प्रतिष्ठित फिल्मनिर्माता अदुर गोपाल कृष्णनलाई‘ जय श्री राम सुन्न सक्दैनौ भने चन्द्रमा बस्न जाउ’ भनी गरिएको एक फेसबुक पोस्टको विरूद्ध केरला चलिचित्र प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कमल, सिनेमा समालोचक भीके जोसफ र राजनीतिक नेताहरूले गोपालाकृष्णनप्रति समर्थन जाहेर गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाई जय श्री राम हिंसा भडकाउने नारा बनेको चिन्ता व्यक्त गर्दै यसबारे कारबाही गर्न आग्रह गरी पत्र लेख्ने ४९ भारतका विभिन्न क्षेत्रका सम्मानित तथा प्रतिष्ठित व्यक्रिहरू मध्ये गोपालाकृष्णनन पनि एक रहेका थिए ।

त्यसबारे आपत्ति जनाउँदै भारतको सत्ताधारी भाजपाका प्रवक्ता बी गोपालाकृष्णनले अदुरलाई जय श्री राम सुन्न नसक्ने भएपछि चन्द्रमामा गएर बस्न जानु आसयको फेसबुक पोस्ट गरेका हुन् ।

प्रधानमन्त्री मोदीलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ– “ तपाईको नेतृत्वमा सन् २०१४ बनेको सरकार यता यस्ता भीड हिंसाा(मब लिन्चिङ)को घटनामा बृद्धि भएको संसदमा बहस गरी मात्र नपुग्ने भन्दै यस्ता अपराधीहरू विरूद्ध  कारबाही हुनुपर्ने थियो तर भयो र ? आम नागरिक आतंकको छायाँमा बाँच्नु परेको आवस्था छ । अपराधीहरूका लागि जय श्री रामको नारा एक हतियार बनेको छ । सरकारको विरोध गर्नेलाई ‘राष्ट्रविरोधी’ र ‘शहरी नक्सली’ भनिन्छ”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी अश्वेत चार सांसदहरूलाई अमेरिका बस्न मन नलागे जहाँबाट आएकी छौ त्यही फर्की जाऊ भनेको केही दिन पछि भारतको सत्ताधारी भाजपाका नेताको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।