गोरखाको ओढारमा १६ किलो सुन भेटियो !

 गोरखाको ओढारमा १६ किलो सुन भेटियो !

गोरखा, ९ साउन । गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामत गरेको हो । 

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको स्थानीय विशुकुमार गुरुङले जानकारी दिए । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ । 

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले परिवारमा निवेदन दिएका थिए ।