मोदीसरकारको विरोध गर्ने जति ‘राष्ट्रविरोधी’ र ‘शहरी नक्सली’ 

मोदीसरकारको विरोध गर्ने जति ‘राष्ट्रविरोधी’ र ‘शहरी नक्सली’ 

काठमाडौ । भारतका विभिन्न क्षेत्रका सम्मानित तथा प्रतिष्ठित व्यक्रिहरू मध्येबाट ४९ जनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर जय श्री राम हिंसा भडकाउने नारा बनेको चिन्ता व्यक्त गर्दै यसबारे कारबाही गर्न आग्रह गरेका छन् ।

इतिहासकार रामचन्द्र गुहा, अभिनेत्री कोकण सेन शर्मा, फिल्मकार श्याम बेनेगल, अनुराग कश्यप र मणिरत्नम लगायतका  विभिन्न क्षेत्रका यस्ता ४९ जनाले लेखेको पत्रमा जय श्री राम हिंसा भडकाउने नारा बनेको जनाएका छन् । यसलाई रोक्न आवश्यक कदम तत्काल उठाउन पत्रमा आग्रह गरिएको छ ।

२०१६मा दलितहरू विरूद्ध ८४० वारदात भएको भारतको राष्ट्रिय अपराध रिकर्ड ब्युरोको प्रतिवेदनले उल्लेख गरेको छ । तर यसमा दोषीहरूलाई दिइने सजाय न्यून भएको देखिएको जनाइएको छ ।

प्रधानमन्त्री मोदीलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ– “ तपाईको नेतृत्वमा सन् २०१४ बनेको सरकार यता यस्ता भीड हिंसाा(मब लिन्चिङ)को घटनामा बृद्धि भएको संसदमा बहस गरी मात्र नपुग्ने भन्दै यस्ता अपराधीहरू विरूद्ध  कारबाही हुनुपर्ने थियो तर भयो र ? आम नागरिक आतंकको छायाँमा बाँच्नु परेको आवस्था छ । अपराधीहरूका लागि जय श्री रामको नारा एक हतियार बनेको छ । सरकारको विरोध गर्नेलाई ‘राष्ट्रविरोधी’ र ‘शहरी नक्सली’ भनिन्छ”