शान्ति–सुरक्षा, पृथकतावाद, सुन तस्करी र आर्थिक अपराध नियन्त्रणमा गृह मन्त्रालय सफल: गृहमन्त्री बादल  

शान्ति–सुरक्षा, पृथकतावाद, सुन तस्करी र आर्थिक अपराध नियन्त्रणमा गृह मन्त्रालय सफल: गृहमन्त्री बादल  

काठमाडौं, ७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् ।

एक वर्षे कार्य प्रगति सार्वजनिक गर्न मंगलबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्र विखण्डन र पृथकतावादको चुनौती सफलतापूर्वक अवतरण गरेको भन्दै थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको दावी गरे । 

‘अब हाम्रो चुनौती भनेको राजनीतिक स्थायित्वको हो, राजनीतिक उपलब्धीलाई रक्षा गर्ने हो ’ मन्त्री बादलको भनाई थियो ।